काठमाडौं : सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यसअवधिमा कम्पनीको खुद नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै सञ्चालन नाफा १३७.५७ प्रतिशतले बढेर ५ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख ९६ हजार रुपैयाँ रिभर्सल भएको छ । इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा पनि नाफा बढ्न टेवा पुगेको हो।
चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा छ।
Advertisment