Below Menu
Below Menu

चन्द्रागिरी हिल्सको आम्दानी घट्यो

चन्द्रागिरी हिल्सको आम्दानी घट्यो

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५.७ प्रतिशतले बढेको छ। समिक्षा अवधिमा ६ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्ष यही अवधिसम्म ६ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले सेवा प्रवाहबाट ४२ करोड २५ लाख रुपैयाँ आम्दानी गरी ५ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले सेवा प्रवाहबाट ४५ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ खर्च गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४० करोड २ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ तथा सरप्लस ४१ लाख ९५ हजार रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष पनि कम्पनीको रिजर्भ तथा सरप्लस १६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक थियो।

कम्पनीको ईपीएस ४.१० रुपैयाँबाट बढेर ४.३३ रुपैयाँ पुगेको छ। पीई रेसियो २०३.७५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.७३ रुपैयाँ छ।

Advertisment

थप समाचार