नेपाल माइक्रोको आईपीओ बाँडफाँड

नेपाल माइक्रोको आईपीओ बाँडफाँड

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता सेयर मंगलबार बाँडफाँड गरेको हो।

Sponsored Advertisement

कम्पनीले जारी पुँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरका कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण सेयर बाँडफाँड गरेको हो ।

४५ हजार ९०६ आवेदनमध्ये जम्मा २२ हजार ५०० जना आवेदकहरूलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ मा भएको व्यवस्थाको अधिनमा रही सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

थप समाचार