Below Menu
Below Menu

महाशिवरात्रीमा चन्द्रागिरीमा विशेष महाआरती, केवलकार टिकटमा ५० प्रतिशत छुट

महाशिवरात्रीमा चन्द्रागिरीमा विशेष महाआरती, केवलकार टिकटमा ५० प्रतिशत छुट

काठमाडौं : यहि फागुन १४ गते बुधवार पर्न गएको महाशिवरात्री २०८१ को पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष भक्तिमय उत्सव आयोजना हुने  भएको छ । 

महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा  विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष  महाआरती  हुने छ । 

चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको  केबलकार टिकटमा ५०५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।


 

Advertisment

थप समाचार