Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो शेयर बजार, ११ अर्ब ५४ करोड नाघ्यो कारोबार 

दोहोरो अंकले बढ्यो शेयर बजार, ११ अर्ब ५४ करोड नाघ्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा आठ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९५ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज रिलायन्स फाइनान्स कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
 

Advertisment

थप समाचार