Below Menu
Below Menu

डिप्रोक्स लघुवित्त र हिमालयन डिष्ट्रिलरीको ५६ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सूचीकृत 

डिप्रोक्स लघुवित्त र हिमालयन डिष्ट्रिलरीको ५६ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ५६ लाख कित्ता बाढी बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९.५० प्रतिशत र हिमालयन डिष्ट्रिलरीको १५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनसपछिको १६ लाख २० हजार ८८७ दशलमव १३३६ कित्ता शेयर सूचीकृत भएको छ । 

त्यस्तै हिमालयन डिष्ट्रिलरीको १५ प्रतिशत बोनसपछिको ४० लाख ८ हजार ७८४ दशलमव ९७ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 
 

Advertisment

थप समाचार