Below Menu
Below Menu

सहकारीको फाइल सिस्टमबाट हटाइदिने अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले गरे आत्महत्या

सहकारीको फाइल सिस्टमबाट हटाइदिने अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले गरे आत्महत्या

काठमाडौं : बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन् ।

थापाले साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका उनलाई उद्धार गरेर कलंकीस्थित अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्युको थियो ।

मन्त्रालयको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्माहत्या गरेको खुलेको छ।

केही दिन अघि मन्त्रीका स्वकिय सचिव थापाले कांग्रेस धादिङका नेता राजु बर्तौलासँग मिलेर समयाग्रस्त सहकारी घोषणा भएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाटै हटाइदिने भन्दै बोलेको अडियो मिडियाले प्रशारण गरेको थियो । त्यसलगत्तै कांग्रेसका नेता बर्तौला पक्राउ परेका थिए । 

थापाले आत्महत्या गर्नुअघि एक सुसाइड नोटसमेत लेखेको खुलेको छ । मृतक थापाको साथबाट प्राप्त नोटमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको उल्लेख भएको स्रोतले जनाएको छ ।

थापाको शव टिचिङ अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

Advertisment

थप समाचार