Below Menu
Below Menu

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । 

कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो । बिक्री खुला भएको चौथो दिन हिजो बुधबार साँझसम्म १५ लाख ७२ हजार ५८८ जनाले २ करोड ४ लाख कित्ताका लागि आवेदन दिइसकेका छन् ।

अर्थात् बुधबार साँझसम्म कम्पनीको आईपीओमा ११.०५ गुणा बढी आवेदन परेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ।

Advertisment

थप समाचार