Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, पाँच अर्ब २२ करोडमाथिको कारोबार 

उच्च अंकले बढ्यो शेयर बजार, पाँच अर्ब २२ करोडमाथिको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४०.४७ अंकले बढेर २६२३.२१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब २० करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५१ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त र श्रीजनशील लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कुमारी सबल योजनाको शेयरमूल्य १.८२ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार