काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २२२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६९ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा जोशी हाइड्रोपावर कम्पनी रहेको । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा पुगेको हो । आज प्रभु स्मार्ट फण्डको शेयरमूल्य ५.७९ प्रतिशतले घटेको छ ।
Advertisment