Below Menu
Below Menu

‘सदस्यसँग जेष्ट आईडियोलोजी साकोस’ विस्तारित मञ्ज सम्पन्न

‘सदस्यसँग जेष्ट आईडियोलोजी साकोस’ विस्तारित मञ्ज सम्पन्न

काठमाडौं : जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्यसँग जेष्ट आईडियोलोजी साकोस’ अन्तरक्रियात्मक कार्यक्रम (विस्तारित मञ्ज) सम्पन्न गरेको छ ।

सदस्यहरुलाई संस्थाप्रति थप अपनत्वको भावना विकास गराउने तथा सुसुचित गराउने लक्ष्य अनुरुप शुक्रबार सदस्य सेवा केन्द्र काडाँघारीमा कारोबार गर्ने सदस्यहरुका लागि कार्यक्रम आयोजना गरेको थियो । 

शिक्षा उप–समितिको संयोजनमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हेमबहादुर कार्कीको सभापतित्वमा भएको थियो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा कलाकार तथा सञ्चारकर्मी सन्दिप क्षेत्री रहेका थिए ।

कार्यक्रममा संस्था सचिव बाबुराम आचार्यले कार्यक्रमको जानकारी, दीगो संस्था निर्माणमा सदस्य शिक्षाको भूमिका तथा महत्व र कार्यक्रमको उद्देश्य बारेमा जाकारी गराएका थिए । त्यस्तै संस्थाका प्रबन्धक आरती श्रेष्ठले संस्थाको वित्तीय अवस्था, संस्थाले सदस्यहरुलाई प्रदान गर्दै आएको वित्तीय तथा गैर वित्तीय सेवाहरुको बारे सदस्यहरुलाई जानकारी गराएकी थिईन ।

अन्तरक्रियात्मक कार्यक्रमको उद्देश्य सदस्यहरूसँग विचार आदान-प्रदान गर्नु रहेको संस्थाका सचिव बाबुराम आचार्यले बताए । कार्यक्रममा विभिन्न विषयहरूमा छलफल गरी सदस्यहरूलाई आफ्नो विचारहरू प्रस्तुत गर्न र अनुभव बाँड्न अवसर प्रदान गरेको उनको भनाई छ । यस प्रकारका कार्यक्रमहरूले संस्था र सदस्य बीचको सम्बन्ध मजबुत बनाउन र सामूहिक समझदारीको भावना  बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

कार्यक्रमका प्रमुख वक्ता सन्दिप क्षेत्रीले नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलता सम्बन्धी प्रशिक्षण दिएका थिए । साथै सकारात्मक सोच, बानी, व्यवहार र आशावादी जीवन जिउने लगायका विषयमा सहकारीका सदस्यहरुलाई उत्प्रेरणा प्रदान गरेका थिए ।

संस्थाले सदस्यहरुको आय आर्जन, उत्पादन एवं व्यवसाय जिस्तारमा हातेमालो गर्दै आएको छ । कार्यक्रममा सदस्यहरुबाट उत्पादित खाद्यान्न सामग्री, ह्याण्डिक्राफ्ट, खेलौना, लत्ताकपडाहरुको प्रर्दशनी तथा विक्रि गरिएको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष कार्कीले सदस्यहरुबाट आएको जिज्ञासालाई सहजिकरण गरेका थिए । अध्यक्ष कार्कीले सदस्यसँग जोड्ने यस्ता कार्यक्रमले संस्थालाई बलियो र पादर्शी बनाउन मद्दत पुग्ने बताए । 

कार्यक्रममा संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष रामप्रसाद आचार्य, उपाध्यक्ष कृष्णप्रसाद थपलिया, कोषाध्यक्ष राम कुमार पण्डित लगायत सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी लगायत सदस्यहरुको उपस्थिती थियो ।

Advertisment

थप समाचार