काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले २०८२ बैशाख ५ गते विशेष साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २८ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार चैत २७ गतेसम्म कायम रहने शेयरधनीले मात्र उक्त विशेष सभामा भाग लिन सक्नेछन् ।
इन्स्योरेन्सले हालै मात्र सर्वसाधारणमा आईपीओ जारी गरी ७५ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । प्रस्तावित हकप्रद शेयर जारी भएमा कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
Advertisment