Below Menu
Below Menu

नयाँ सीईओ नियुक्तीकै दिन शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट 

नयाँ सीईओ नियुक्तीकै दिन शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ती कै दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा पुगेको हो । 

सोमबार बसेको मन्त्रिपरिष्दको बैंठकले चुडामणि चापागाईँलाई सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ चापागाईँले मंगलबार राजस्व सचिव घिमिरेबाट नियुक्ती पत्र समेत बुझिसकेका छन् ।

नयाँ सीईओ पाएपनि लगानीकर्ताको मनोबल घटेको देखिन्छ । आइतबार नेप्से ३२.२४ अंकले बढेर २६९५.५५ बिन्दुमा बन्द भएको नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको हो । 

आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ७९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा सात अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेको । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा पुगेको हो । आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.९६ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार