काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १४ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३.३० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार संस्थाको १३.३० प्रतिशत बोनसपछिको १४ लाख तीन हजार ८९९ दशलमव ७६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment