काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.३१ अंकले बढेर २७०१.४८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ४४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा पाँच अर्ब ७९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिईडिबि होल्डिङ्स लिमिटेड कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा पुगेको हो । आज बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment