काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीलाई भड्काएर फाइदा लिन खोज्ने तत्वहरुलाई नियन्त्रण गर्न अध्यादेश ल्याएको बताएका छन् ।
६८ औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीलाई भड्काएर फाइदा लिन खोज्ने तत्वहरु विभिन्न अभियान चलाएका हुनाले त्यसलाई नियन्त्रण र सन्तुलनमा ल्याउन र सहकारी समस्या समाधान गर्नका निम्ति ऐनको रुपमा परिणत गर्नुपर्ने थियो ।’
२०७४ सालको सहकारी ऐन बनाउँदा पनि सहकारी क्षेत्रका सबै कुराहरु समेट्न नसकेको बताउँँदै उनले छिटो भन्दा छिटो सहकारीमा देखिएका समस्यालाई समाधान गर्न अध्यादेश ल्याएको बताए ।
उनले भने, ‘सहकारी ऐन बनाउँदा पनि सहकारी क्षेत्रका सबै कुराहरु समेट्न सकेनौं भन्ने कुरा हामीले महसुस गरेको हो । त्यसकारण तिनै कुरालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो सहकारीमा देखिएका समस्यालाई समाधान गर्नुपर्यो । नियमन प्राधिकरण ल्याउनुपर्यो । कर्जा असुली न्यायाधीकरण गठन गर्नुपर्यो । सुरक्षण केन्द्र बन्नुपर्यो । बचत सुरक्षण कोष बन्नुपर्यो भनेर हामीले आवाज गरेका हौं ।’
यसका साथै उनले अध्यादेशमा आएका कुरालाई सबै मिलेर आत्मसात गरी अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘आएका चिजहरुलई व्यवस्थित गरेर अघि बढाऔं । नपुगेका कुराहरुलाई ऐनमा संशोधन गरेर जाने हिम्मत गछौं । हाम्रो ऐन बनाउने लामो अवधिका प्रक्रियाहरु टुंगियो भने सहकारी भाड्न खोज्ने तत्वहरु अझ सल्बलाउँछन् भन्ने सोचका साथ हामीले गर्नै पर्ने थोरै कुराहरु अध्यादेश मार्फत विद्येयक बनाएर पारित गरेका छौं ।’
कार्यक्रममा बोल्दै उनले भने, ‘अब सहकारीमा समस्या आयो होइन सहकारीमा व्यवस्थित छन् भन्ने सन्देश लगेर समस्या ल्याउन खोज्नेहरुलाई खबरदारी गर्न जरुरत छ ।’
मन्त्री अधिकारीले राजनितिक दलका नेतृत्वहरुले पनि आफ्ना अभिव्यक्तिहरुमा मनन गर्नु आवश्यक रहेको बतए । उनले भने, ‘विभिन्न पार्टीका नेता र विज्ञहरुले धेरै सुझाव दिनुभएको छ । उहाँहरुको सुझावलाई हामी ग्रहण गर्छौ। नमिलेका कुराहरुलाई मिलाउन तपाई हामी सबै लाग्ने हो । हिजोका दिनमा तपाईहरु पनि कहीँ न कहीँ प्रतिनिधित्व गर्नुहुन्थ्यो । त्यसबेला हामीले गयौँ की गरेनौं भन्नेदेखि हामीले अभिव्यक्त गर्ने कुराले कति असर गर्छ भेनर हेक्का गर्नुहोला ।’
‘आफूले मौका पाउँदा वास्ता नगर्ने अरुले जिम्मा लिँदा बढी कुरा गर्ने ? यस्तो प्रवृत्तिले हामी समस्याको समाधान गर्दैनौं र चुरोमा पनि पुग्दैनौं । । उनले भने, ‘सरकारलाई अघि बढाउन र राज्यले बनाएका नीति तिन खम्बाको एक खम्बा हो भन्ने प्रमाणित गराउनका निम्ति तपाईहरु सबै भावनात्मक रुपले अघि बढ्न जरुरी छ ।’
Advertisment