काठमाडौं : झापाको बिर्तामोड स्थित नेपालकै ठूलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ३० औं वर्षमा प्रवेश गरेको छ ।
३०औं स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष हरिबहादुर राजवंशी र प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले सदस्य, कर्मचारी, सहकारी अभियान सरोकारवाला निकाय र जनसमुदायलाई हार्दिक आभार प्रकट गरेको छ ।
२०५२ चैत्र २२ गते तत्कालित डिभिजन सहकारी कार्यालय भद्रपुर झापामा दर्ता भएको संस्थामा हाल १ लाख ९० हजार सदस्य आवद्ध छन् ।
संस्थाको सेयर पुँजी १ अर्ब ७० करोड, संस्थागत पुँजी १ अर्ब ३० करोड रहेको छ । त्यस्तै बचत संकलन १३ अर्ब ७५ करोड, ऋण लगानी ११ अर्ब ५० करोड रहेको छ । संस्थाको कुल वासलात १७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
संस्थाले १ मुख्य कार्यालय र ८० वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ ।
कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण स्थानीय तहका सबै वडाहरूमा सेवा विस्तार गरी ५ लाख सदस्य पुरÞ्याउने लक्ष्य संस्थाले लिएको छ । त्यस्तै संस्थाको कार्य क्षेत्रभित्र रहेका कुल परिवार संख्याको ४० प्रतिशत परिवारमा वित्तीय सेवा पुर्याउने रहेको छ ।
संस्थाले सेयर पुँजी २ अर्ब, बचत १८ अर्ब, ऋण लगानी २० अर्ब, संस्थागत पुँजी १ अर्ब पु¥याउने लक्ष्य संस्थाले लिएको प्रमुख कारीकारी अधिकृत गिरीले बताए ।
संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई स्वास्थ्य तथा सामाजिक सुरक्षा योजना अन्तर्गतका सेवा उपलब्ध गराउने, २० प्रतिशत सदस्यहरूलाई जीवन उपयोगी सिप उपलब्ध गराई उद्यमशील बनाउने, संस्थाले प्रदान गरेका सेवाहरूबाट आफ्ना सदस्यहरूको जीवन स्तरमा क्रमिक सुधार ल्याउने लक्ष्य संस्थाले अघि सारेको उनले बताए । युवा, महिला तथा पछाडि पारिएको समुदायका लागि सामाजिक तथा आर्थिक समावेशीकरणका योजना अगाडि बढाउने लक्ष्य संस्थाको रहेको छ ।
Advertisment