Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, पौने आठ अर्बको कारोबार

झिनो अंकले बढ्यो शेयर बजार, पौने आठ अर्बको कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २. ८१ अंकले बढेर २७०२. ८६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २५.३१ अंकले बढेर २७०१. ४८ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५१ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब ४४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ग्रीन भेन्चर्स लिमिटेड रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा पुगेको हो । आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

Advertisment

थप समाचार