Below Menu
Below Menu

ऋण नतिर्ने प्रवृत्ति बढेपछि पुराणमार्फत सचेतना फैलाउँदै सिवाईसी, चैत्र २६ गते पुराण आयोजना

ऋण नतिर्ने प्रवृत्ति बढेपछि पुराणमार्फत सचेतना फैलाउँदै सिवाईसी, चैत्र २६ गते पुराण आयोजना

बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले मंगलबार (चैत्र २६ गते) सहकारी पुराण/उत्सवको आयोजना गर्ने भएको छ ।

संस्थाको १६ औं स्थापना दिवसको अवसरमा पुराण आयोजना गर्न लागेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए।

बिहीबार संस्थाको प्रधान कार्यालयमा पण्डित र धर्माचार्यहरूसँगको अन्तरक्रिया गरिएको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्था र सहकारीबाट लगेको ऋण नतिर्ने प्रवृत्ति देखिन थालेको, मानिसहरुमा नैतिक जिम्मेवारी घट्दै गईरहेकोसन्दर्भमा संस्थाले सदस्यहरूलाई वित्तीय अनुशासन तथा जिम्मेवारीका बारेमा सचेत गराउन, सहकारीको महत्व तथा योगदानको बारेमा बुझाउन यसप्रकारको कार्यक्रम आयोजना गर्न लागिएको पौडेलले बताए ।

पौडेलले धर्मका दृष्टिकोणबाट हेर्दा ऋण नतिर्ने प्रवृत्तिलाई अनैतिक र गलत मानिने बताउँदै यसले व्यक्तिगत नैतिकता र जिम्मेवारीको कमीलाईजनाउने मात्र नभई समाजमा पनि अव्यवस्था र अशान्ति फैलाउने भएकाले संस्थाले सहकारी पुराण/उत्सवमार्फत सचेतना फैलाउन लागेको उनले बताए।  

अन्तरक्रियाका प्रमुख अतिथि शालिग्राम संग्राहलय कुँडुले फेदीका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्यले हिन्दू धर्ममा व्यक्तिले जो कसैबाट ऋण लिएपनि ऋण चुकाउने कर्म उसको नैतिक कर्तव्य भएको उल्लेख भएको बताए । उनका अनुसार ऋण नतिर्ने व्यक्ति आफ्नो कर्तव्यबाट भागिरहेको हुन्छ रत्यसले समाजमा असमझदारी र अव्यवस्था सिर्जना गर्न सक्छ । 

ऋण चुकाउने कार्यलाई धर्म र नैतिकताको एक भाग मानिने बताउँदै प्रपन्नाचार्यले उक्त कार्यले समाजको समृद्धि र शान्ति कायम राख्न समेत मद्दतपुर्‍याउने बताए । 

कार्यक्रममा उपस्थित पण्डित एवं धर्मचार्यहरुले, लिएको ऋण चुक्ता नगर्नाले केवल आर्थिक नोक्सान मात्रै होइन, आत्मिक र धार्मिक स्तरमा पनिनकारात्मक असर पुर्‍याउने बताए । 

पण्डित र धर्माचार्यहरूले ऋण चुकाउने कार्यलाई धार्मिक शिक्षा र संस्कारको प्रमुख अंशको रूपमा लिनुपर्ने बताउदै धर्मका दृष्टिकोणबाट, ऋण नतिर्नुभनेको आफ्नो शपथ र कसमलाई तोड्नु जस्तै भएको धारण राखेका थिए । यसबाट व्यक्तिगत कष्ट मात्र उत्पन्न हुने नभई समग्र समाजको नैतिकता रपरस्पर विश्वास पनि कमजोर हुने पण्डितहरुको भनाइ थियो ।

Advertisment

थप समाचार