Below Menu
Below Menu

नेपाल लाइफ इन्स्योरेन्सको सवा पाँच लाख कित्ता शेयर बिक्रीमा 

नेपाल लाइफ इन्स्योरेन्सको सवा पाँच लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सवा पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालिको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

इन्स्योरेन्सको शेयर कम्पनीका विद्यमानसंस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा ३५ दिनभत्र निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयरधनीबाट निवेदन पेश हुन नआएमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार