नागरिक लगानी कोषसहित चार कम्पनीको सवा ७३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

नागरिक लगानी कोषसहित चार कम्पनीको सवा ७३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई लघुवित्तसहित चार कम्पनीकाे सवा ७३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सोमबार नेप्सेले नागरिक लगानी कोष, राधी विद्युत कम्पनी, जीवन विकास लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्थाको ७३ लाख १४ हजार ५०८ दशलमव ८१२५ कित्ता शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनसपछिको १८ लाख ८६ हजार ५२६ दशलमव ४६ कित्ता र कालिका लघुवित्त वित्तीय संस्थाको ९.५० प्रतिशत बोनसपछिको तीन लाख ५३ हजार ७०५ दशलमव ६५२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

त्यस्तै नागरिक लगानी कोषको ७ प्रतिशत बोनसपछिको ४२ लाख ४० हजार ३७२ कित्ता र राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको आठ लाख ३३ हजार ९०४ दशलमव ७० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

थप समाचार