सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि तथा पशुबीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि तथा पशुबीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा गत मंगलबार संखुवासभाको पाँचखपन नगरपालिकाको सभा हलमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यता संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने खादबारी शाखा प्रमुख दुर्गा प्रसाद गौतमले ग गरेकी थिइन् । 

सो कार्यक्रममा नगरपालिका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, सहकारी प्रतिनिधि तथा अगूवा कृषकहरु गरी जम्मा ५३ जना उपस्थिती रहेको थियो ।
इन्स्योरेन्सका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमा प्रकृया, दावी समबन्धमा, साथै कृषि वीमा को नयाँ सफ्टवेयर र अभिकर्ता प्रविधिकको कृषि बीमामा आवश्यक भुमिकाबारे महत्वपूर्ण जानकारी गराएका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणीराम खतिवडाले प्रत्येक किसानलाई बीमासंग आबद्द गराउनुपर्ने बताए । साथै यसका लागि पालीकाले पनि आवश्यक सहजीकरण गर्दै लैजाने बताए । 

संखुवासभामा निर्जीवन बीमाको अवस्था र आवश्यकताका बारेमा बोल्दै कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमले कम्पनीले बीमाको दायरा बढाई थप विस्तार गरेर किसानको पहूँचसम्म पुर्याउने काम कम्पनीले गर्ने बताए । 

उपस्थित किसानहरुले बीमा आजको आवश्यकता रहेको र यस सचेतना कार्यक्रमले बीमा सम्बन्धि प्रष्ट पारेको बताएका थिए ।

भोजपुरको श्यामशिलामा कृषि बीमा सचेतना कार्यक्रम 

सलिकोको आयोजना र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं. १ को समन्वयमा गत चैत १७ गते वडा नं. १ को कार्यालय श्यामशिलामा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ्गको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो ।

कार्यक्रम सञ्चालन भने भोजपूर शाखा प्रमुख सन्तोष तिवारीले गरेका थिए । कार्यक्रममा मुख्य वक्ताको रुपमा सलिकोको कृषि विभाग प्रमुख उमेश ढकाल रहेका थिए । 

कार्यक्रममा बीमा कसरी गर्ने ?, कहाँ गर्ने ? किन गर्ने ? सहितको विस्तृत जानकारी र दावीको समयमा क्षतिपुर्ती लिने आवश्यक प्रकृया बारे जानकारी गराइएको थियो ।

वडा सदस्य, नगर कार्यपालिका सदस्य, कृषक तथा कर्मचारी गरी कुल ६५ सशभागि रहेको कार्यक्रममा बीमाका माध्यमबाट सूरक्षाको प्रत्याभुति दिलाउनका साथै नेपाल सरकारद्घारा जारी गरीएको सफ्टवेयर प्रणाली मार्फत बीमालेख जारी गर्ने प्रकृयाबारे समेत जानकारी गराईएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले नियमित रुपमा बीमा गर्न सके आर्थिक पक्ष सवल भई निर्वाहमुखी खेति प्रणालीबाट यवसायिक बन्न सकिने धारणा राखेका थिए । 

कृषि ज्ञान केन्द्र भोजपुरमा कृषि बीमा सचेतना कार्यक्रम 

कृषि ज्ञान केन्द्र भोजपुर आयोजना र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको समन्वयमा चैत्र १८ गते सोमबार कृषि ज्ञान केन्द्र भोजपुरको सभाहलमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख, मूकेश कूमार यादवको अध्यक्षतामा संचालनमा भएको कार्यक्रममा भोजपूर वडा नं.छ का वडा अध्यक्ष फडिन्द्र प्रधानको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । 

विशेष अतिथिका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतम रहेका थिए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका कर्मचारीहरु, भेटनरी अस्पताल, स्थानिय तह कृषि तथा पशु प्रविधिक अगूवा कृषक, पत्रकार लगायत अन्य सरोकारवाला निकायहरुबाट जम्मा ४० सहभागिहरुको उपस्थिती रहेको थियो । 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छि तथा जडिबुटि बीमा तथा अन्य र्निजिवन बीमा, प्रचलनमा रहेका कृषि, पशुपन्छि तथा जडिबुटि बीमालेख, कृषि, पशुपन्छि तथा जडिबुटिबीमा मा कायम रहेको प्रिमियममा अनुदान, कृषि बीमाले रक्षावरण गर्ने तथा नगर्ने जोखिमहरु, बीमाको प्रकृया तथा दावी भुक्तानिमा आवश्यक पर्ने कागजात, नेपाल सरकारद्धारा जारी गरीएको सफ्टवेयर प्रणाली मार्फत बीमालेख जारी गर्ने प्रकृया बारे सहभागिहरुलाई जानकारी गराईएको थियो ।


 

थप समाचार