काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.७३ अंकले बढेर २६७१. ८० बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३२.४५ अंकले घटेर २६७०.९४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२१ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ३० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा पाँच अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५९ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बाराही हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment