काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको कुल ७५ लाख कित्ता शेयर सूचीकृत गरेको हो ।
कम्पनीको सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर सूचीकृत गरेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार सूचीकृत भएसँगै कम्पनीको आईपीओ बिहिबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । इन्स्योरेन्सको शेयर कारोबारका लागि नेप्सले न्यूनतम १०० दशलमव ८६ रुपैयाँदेखि ३०२ दशमलव ५८ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको शेयर कारोबारका लागि नेप्सेले सीआरईएसटी संकेत प्रदान गरेको छ ।
Sponsored Advertisment
Advertisment