Below Menu
Below Menu

सामान्य अंकले घट्यो शेयर बजार, पाँच अर्ब ६३ करोडको कारोबार 

सामान्य अंकले घट्यो शेयर बजार, पाँच अर्ब ६३ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.६० अंकले घटेर २६६७.६८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १३.९० अंकले बढेर २६८०.५२ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ । भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बोटलर्स नेपाल बालाजुको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

Advertisment

थप समाचार