काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । चैत्र २८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।