Below Menu
Below Menu

नेप्से परिसुचक सामान्य अंकले घट्यो, छ अर्ब २८ करोड नाघ्याे

नेप्से परिसुचक सामान्य अंकले घट्यो, छ अर्ब २८ करोड नाघ्याे

काठमाडौं : यस वर्ष अर्थात २०८१ सालको अन्तिम दिन पनि शेयर बजार घटेर बन्द भएको छ । 

साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.८४ अंकले घटेर २६६१.८६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ८.६० अंकले घटेर २६६७.६८ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७ कम्पनीको शेयरमूल्य घटेको छ । भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा छ अर्ब २८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सीईडीबी होल्डिङस् लिमिटेड कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार