Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, आठ अर्ब ५४ करोड नाघ्यो कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, आठ अर्ब ५४ करोड नाघ्यो कारोबार 

काठमाडौं : २०८२ सालको पहिलो कारोबार दिन मंगलबार (आज) शेयर दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.५५ अंकले बढेर २६८८.६३ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ८.८४ अंकले घटेर २६६१.८६ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३४ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा छ अर्ब २८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज बलेफी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २ अर्ब एक करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

Sponsored Advertisment

Advertisment

थप समाचार