Below Menu
Below Menu

आइडियल यमुना हाम्रो सहकारी पनि समस्याग्रस्त घोषित

आइडियल यमुना हाम्रो सहकारी पनि समस्याग्रस्त घोषित

काठमाडौं : आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित भएको छ ।

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने उक्त सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ताको बचत रकम फिर्ता नगरेको जनाएको छ ।

सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको जनाएको छ।

मन्त्रालयले ०८१ साल चैत २७ गते निर्णय गरेको जनाएको छ ।

Advertisment

थप समाचार