Below Menu
Below Menu

शेयर बजारको वृद्धि कायमै, कारोबार रकम खुम्चिदै

शेयर बजारको वृद्धि कायमै, कारोबार रकम खुम्चिदै

काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.७५ अंकले बढेर २६९८. ९७ बिन्दुमा पुगेको हो । मंगलवार नेप्से २६.५५ अंकले बढेर २६८८.६३ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका ४७कम्पनीको शेयरमूल्य बढेको छ । भने ९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। 

शेयर बजार बढे पनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा सात अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५९ करोड ४१लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, राधी विद्युत कम्पनी, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । 

आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको  छ । 

Advertisment

थप समाचार