Below Menu
Below Menu

२७ सय बिन्दुमा उक्लियो शेयर बजार, १० अर्ब ७९ करोडमाथिको कारोबार 

२७ सय बिन्दुमा उक्लियो शेयर बजार, १० अर्ब ७९ करोडमाथिको कारोबार 

काठमाडौं : सातामा अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२५.२० बिन्दुमा पुगेको हो । बुधबार नेप्से ७.०१ अंकले बढेर २६९६.२३ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५९ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सात अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन पावर पार्टनर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज एनआईसी एशिया डिबेञ्चरको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ।
 

Advertisment

थप समाचार