Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताकाे पहिलो कारोबार दिन आइतबार (आज) शेयर दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.२१ अंकले घटेर २७०७.५१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २८.९७ अंकले बढेर २७२५.२० बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६८ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार