काठमाडौं : सातामा दोस्रो कारोबार दिन सोमबार (आज) शेयर सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १६.२१ अंकले घटेर २७०७.५१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ७५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा आठ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५३ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज एनएमबि हाइब्रिड फण्ड–२ को शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment