काठमाडौं : सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ ।
सोमबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सहकारी सचिवमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले वित्तीय पोस्टलाई जानकारी दिए । शर्मा कोशी प्रदेश सरकारका प्रमुख सचिव थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएसँगै सचिव पद रिक्त थियो ।
शर्मा १ वर्ष अधि (२०८१ बैशाख ६ गते) सचिवमा बढुवा भएका थिए ।
Advertisment