Below Menu
Below Menu

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका ऋणीलाई ऋण तिर्न उर्दी

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका ऋणीलाई ऋण तिर्न उर्दी

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सम्पूर्ण कागजात तथा सम्पत्तिहरु बुझाउन अनुरोध गरेको छ ।

समितिको कार्यालयले एक सूचना जारी गर्दै सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुले सो सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समितिसमक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोबार नगर्नु नगराउन अनुरोध गरेको छ ।

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नयाँ बजार (साविकको तपाई हाम्रो, हाम्रो सगरमाथा, नागरि कल्याण, घुदुङ, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था) लाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८१÷१२÷१९ को निर्णयबाट समस्याग्रस्त घोषणा गरेको थियो ।

त्यस्तै सञ्चालक, व्यवस्थापक र कर्मचारीले यस समितिसमक्ष उपस्थित भई आवश्यक सहयोग गर्न समेत अनुरोध गरेको छ । ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्नु हुन साथै साविक सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुसँग कुनै पनि कारोबार नगर्नु हुन अनुरोध गरेको छ ।

बचतकर्ताहरुले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी यस समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछि यस समितिसमक्ष निवेदन पेश गर्न समेत अनुरोध गरेको छ । साथै समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र समन्वय गरी काम कारवाही गर्न अनुरोध गरेको छ ।
 

Advertisment

थप समाचार