काठमाडौं : सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले १३ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै १२ प्रारम्भिक सहकारी र एक संघको दर्ता खारेज गरेको हो ।
गण्डकी प्रदेश, सहकारी ऐन, २०७५ को दफा ७१ को उपदफा (३) को खण्ड (क) बमोजिम दर्ता खारेज गरिएको जनाएको छ । खारेजी गर्नु नपर्ने कुनै कारण भए सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफूसँग भएको प्रमाण कागजातसहित कार्यालयमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ ।
खारेजीमा पर्ने कास्की जिल्लाको ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था,पद्म नर्सिङ बचत तथा ऋण सहकारी संस्था र मर्दी हिमाल कृषि सहकारी संस्था रहेको छ । त्यसतै तनहुँको अजम्बरी कृषि सहकारी संस्था, उपभोक्ता सहकारी संघ र तनहुँ माझकोट उपभोक्ता सहकारी संस्था रहेको छ।
त्यस्तै लमजुङको लघुउद्यम कोशेली घर सहकारी संस्था रहेको छ ।
गोरखा जिल्लाको गोरखा सूचना तथा सञ्चार सहकारी संस्था, जनता सूचना तथा सञ्चार सहकारी संस्था, नागरिक बचत तथा ऋण सहकारी संस्था, सत्यनारायण बचत तथा ऋण सहकारी संस्था र सहयोगी कृषि सहकारी संस्था रहेको छ ।
त्यस्तै बागलुङको सारथी सूचना तथा सञ्चार सहकारी संस्था पनि खारेजीमा परेको छ ।

Advertisment