काठमाडौं : ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ १ गते दोस्रो साधारणसभा बोलाएको छ । उक्त सभा महाराजा रिसोर्ट, रुपन्देहीमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।
सभाले गत आवका सबै वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र सञ्चालक समितिको बैठकले नियक्तु गरेका सञ्चालकलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले आईपीओ जारीको प्रस्तावसँगै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्ने घोषणा गरेको छ । जसअनुसार वैशाख २४ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन् ।
Advertisment