काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.५८ अंकले घटेर २६४७.०२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५.९८ अंकले बढेर २६६४.०१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६७ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment