Below Menu
Below Menu

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात बैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सले बैशाख २८ गते, २८ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा रानीमहल बैंकेट प्रालि, ज्ञानेश्वर, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। 

यसका साथै सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई भुक्तानी गरेको रकम अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार