Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.६४ अंकले घटेर २६३५.४२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १४.५८ अंकले घटेर २६४७.०२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा आठ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सानिमा माई हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार