काठमाडौं : विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) अनुमति पाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्काशन गर्न आज सेबोनबाट स्वीकृति पाएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डको स्वीकृति पाएसँगै कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया शुरु गर्ने जनाएको छ ।
Advertisment