Below Menu
Below Menu

सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छः शिक्षामन्त्री पन्त

सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छः शिक्षामन्त्री पन्त

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । 

मन्त्रालयमा भएको  छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो  छलफल जारी छ ।  अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ । छिटो भन्दा छिटो  यो सहमति टुंग्याएर अगाडि बढ्ने  हाम्रो  प्रयत्न छ ।  हामी यसलाई साझा सहमतिका आधारमा टुंग्याउने मैले  विश्वास लिएको छु । हामी शिक्षकहरुसँग वार्तामा छौं । त्यो वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ ।  सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउने छौं  सरकारको तर्फबाट।’

साथै उनले छिटो भन्दा छिटो यो शिक्षकहरुको मागलाई टुंग्याएर सरिकार अगाडि बढ्ने  प्रयत्न गरिरहेको बताए  । उनले साझा सहमतिका आधारमा शिक्षकहरुको माग टुंग्याउने बताए ।
 

Advertisment

थप समाचार