Below Menu
Below Menu

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मा नियुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव समेत रहेका शर्मालाई सरकारले वैशाख १५ गते नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष शर्माले बुधवार प्राधिकरणको जिम्मेवारीसहित पदभार ग्रहण गरेका छन् ।

प्राधिकरणका सदस्यहरु गुरुप्रसाद पौडेल, मदन कोइराला र प्राधिकरणका सचिव रविन ढकाल लगायत प्राधिकरणको परिवारले अध्यक्षको स्वागत गरेका थिए ।

प्राधिकरणको आजको बैंठकले प्राधिकरणका काम, कर्तव्य सक्रिय रुपमा कार्यान्वयन गर्ने र सहकारी दर्ता, नियमन र अनुगमनका मापदण्डहरु यथाशिघ्र स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

Advertisment

थप समाचार