काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको शेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको शेयर कारोबारका लागि ‘ओएमपीएल’ संकेत प्रदान गरेको छ ।
Advertisment