काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बोर्डको स्वीकृति पाएको हो ।
कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
Advertisment