Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, नौ अर्ब २४ करोडको कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, नौ अर्ब २४ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.१८ अंकले घटेर २६२२.६५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ८.१४ अंकले घटेर २६२३.८३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा नौं अर्ब २४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा नौं अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सानिमा माई हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६० करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगा श्री फर्मास्युटिकल्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार