काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दररमा १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति पाएको हो ।
कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको हो । हाल हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकम नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
Advertisment