काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १.१८ अंकले घटेर २६२२.६५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ६३ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा नौं अर्ब २४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स, सिटिजन सुपर ३० म्युचुअल फण्ड, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगा श्री फर्मास्युटिकल्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज हिमालयन पावर पार्टनरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment