काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
Sponsored Advertisment