Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.२६ अंकले बढेर २६१४.६७ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२० कम्पनीको शेयरमूल्य बढेको छ । भने १२६ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा सात अर्ब ६३ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सानिमा माई हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९२ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगा श्री फर्मास्युटिकल्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार